614 views 0 secs 0 comments

भीरबाट लडेर एक जना बालिका गम्भीर घाइते…

In समाज
२२ भाद्र २०७६, आईतवार ११:५४

अछामको चौरपाटी गाउँपालिका–५ लुंग्रामा भीरबाट लडेर एक जना बालिका गम्भीर घाइते भएकी छन् । स्थानीय झंकर भुलकी १० वर्षीया छोरी एलिना भुल गाउँ नजिकैको वनमा बाख्रा चराउन गएको अवस्थामा भीरबाट खसेर घाइते भएको उनका आफन्तले बताएका छन् । भीरबाट करीब ५० मिटर तल खसेकी एलिनाको बेहोस् अवस्थामा बयालपाटा अस्पतालमा उपचारको लागि लगिएकोमा त्यहाँ उपचार हुन नसक्दा थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ ।
बालिकाको टाउको, छाति, पेटलगायत शरीरका विभिन्न भागमा चोट लागेको उनका काका रमेश भुलले जानकारी दिनुभयो । घाइते एलिना स्थानीय कालिका आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत छिन् ।