मंसिर २४, २०७४-झापा क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रका नेता राम कार्की निर्वाचित भएका छन् । कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मालाई २८६३ मतले पराजित गर्दै कार्की निर्वाचित भएका छन् । कार्कीले ३६ हजार १ सय ७३ मत पाए भने शर्माले ३३ हजार ३ सय १० मत ल्याए ।शर्मा ०७० सालको निर्वाचनमा पनि एमालेका रविन कोइरालासँग पराजित भएका थिए ।यसैबीच शर्माले कार्कीलाई भेटेरै बधाई दिएका छन् ।
http://kantipur.ekantipur.com/news/2017-12-10/20171210102354.html