230 views 0 secs 0 comments

माओवादी केन्द्र रुपन्देहीका इञ्चार्ज टंकमणि दुर्घटनामा परी मृत्यु

In समाज
८ मंसिर २०७८, बुधबार ०९:०६

माओवादी केन्द्र रुपन्देहीका इञ्चार्ज रामप्रसाद बञ्जाडे टंकमणिको दुर्घटनामा ज्यान गएको छ । दाङ्गको भालुवाङ्गमा भएको कार्यक्रम सकेर गएराति बुटवल फर्कदै गर्दा उहाँ चढेकाे लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई ना ७ ख ९०६ नम्बरको बसले जितगढीमा ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गम्भीर घाइते हुनुभएका ५५ वर्षीय बञ्जाडेको बिहान लुम्बिनी सिटी अस्पतालमा निधन भएको माओवादी केन्द्र बुटवलका संयोजक पुष्पराज ढकालले जानकारी दिनुभयो । बञ्जाडे माओवादी केन्द्रका केन्द्रीय सदस्य पनि हुनुहुन्थ्यो । मोटरसाइकल चालक पाल्पा रामपुरका जीतबहादुर थापाको बुटवलको मेडिसिटी अस्पतालमा उपचार भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षकले जानकारी दिनुभयो ।