317 views 0 secs 0 comments

काठमाण्डौमा न्यूनतम तापक्रम बढ्यो…

In देश
८ मंसिर २०७८, बुधबार ०९:४७

काठमाण्डौको न्यूनतम तापक्रम आज बढेको छ । हिजो घटेर ८ डिग्री सेल्सियसमा झरेको न्यूनतम तापक्रम आज भने बढेको हो ।
मौसमविद् राजु प्रधानांगका अनुसार आज काठमाण्डौको न्यूनतम तापक्रम १० दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । गएराति आकाशमा बादल लागेकाले तापक्रम बढेको हो । यस्तै, आज अधिकतम तापक्रम पनि बढ्ने पूर्वानुमान गरिएको छ । आज अधिकतम तापक्रम २१ देखि २४ डिग्री सेल्सियससम्म पुग्ने अनुमान रहेको उहाँले बताउनुभयो । हिजोको अधिकतम तापक्रम २१ दशमलव ५ डिग्री सेल्सियस थियो । यस्तै, अहिले काठमाण्डौसहित देशका धेरै ठाउँमा हुस्सु कुहिरो छ । दिउँसाे भने धेरै ठाउँमा घाम लाग्ने मौसमविद्ले बताएका छन् ।