617 views 0 secs 0 comments

नेपालबाट भारतको दिल्ली जाँदै गरेको बस लखनउमा दुर्घटना…

In समाज
३ कार्तिक २०७६, आईतवार १७:१०

नेपालबाट भारतको दिल्ली जाँदै गरेको बस लखनउमा दुर्घटना भएको छ।
आइतबार बिहान लखनउस्थित इकाना स्टेडियम नजिक बस ट्रकसँग ठोक्किँदा दुई दर्जनभन्दा बढी घाइते भएका छन्।
बस चालक निदाएपछि ट्रकसँग ठोक्किन पुगेको भारतीय सञ्चार माध्यम जागरण डटकमले जनाएको छ।
उक्त बसमा कम्तीमा पनि ५० जना सवार रहेको र प्राय: नेपालीहरू नै रहेका जागरण डटकमले जनाएको छ।
दुर्घटनापश्चात बस चालक भने फरार छन्।
घाइतेहरू नविना थापा, नन्दु, तेक बहादुर, धनकुमारी थापा, अनिता थापा,तारा,प्रेम,मुमा देवी थापा, चरन विष्ट, सुनिता विष्ट लगायतका उपचार भारतको लोहिया अस्पतालमा भइरहेको जनाइएको छ।