501 views 0 secs 0 comments

लागूऔषध चरेससहित नागर्जुन एक जनालाई पक्राउ…

In समाज
२१ माघ २०७६, मंगलवार १२:०५

महानगरीय प्रहरी वृत्त कालीमाटीले लागूऔषध चरेससहित नागर्जुन नगरपालिका स्युचाटारबाट एक जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा मकवानपुर थाहानगपालिका–७ हाल नागर्जुन नगरपालिका स्युचाटार डेरा गरि बस्ने ५४ वर्षीय कुमार भन्ने रामबहादुर थापालाई उनकै डेराबाट पक्राउ गरिएको हो । 
कालिमाटी वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक रूगँम कुँवरले विगत लामो समयदेखि चरेस तस्करीको काम गर्ने मकवानपुरको मनहरीबाट चरेस ओसारपोसार गर्दै आएको भन्ने सूचनाको आधारमा थापालाई पक्राउ गरिएको बताए ।