516 views 0 secs 0 comments

दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी रिजालविरुद्ध ५ मुद्दा दायर…

In देश
२० माघ २०७६, सोमबार १७:४१

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालविरुद्ध ५ मुद्दा दायर गरेको छ । आयोगले सोमबार रिजालविरुद्ध ५ वटा मुद्धा दायर गरेको हो । रिजालविरुद्ध ४ वटा घुस लिएको र अर्को अनुगमनमै नगई भत्ता बुझेको आरोपमा मुद्धा दायर भएको छ । 
यसअघि एक अभियुक्तसँग धरौटीमा रिहा गर्न घुस मागेको आरोप लागेपछि रिजाल निलम्बनमा परेका थिए ।  अख्तियारले उनलाई फरक–फरक सेवाग्राहीसँग पटक–पटक  ५० हजार, ९० हजार, ३५ हजार र ४ लाख रुपैयाँ घुस लिएको आरोप लगाएको छ । त्यस्तै अनुगमनका नाममा ७७ हजार ६ सय भ्रमण भत्ता समेत लिएको आरोप रिजालमाथि लागेको छ ।