
वीरगञ्ज महानगरपालिका १८ भवानीपुरमा बाटो छेउको पर्खालको बिषयमा स्थानीय वृजेशकुमार पटेल र मोहन साहबीच विवाद हुँदा साहका छोराले गोली चलाएको प्रहरीले जनाएको छ । प्रहरीले मोहन साह र उनका छोरा कुन्दनलाई पक्राउ गरेको छ । पटेल र साहबीच झगडा हुँदा साहका छोराले घरमा राखेको बन्दुक निकालेर गोली चलाएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । घटनास्थलबाट फायर भएको १ राउण्ड कार्टिज फेला पारेको प्रहरीले जनाएको छ ।