
नेपाली युवा स्पिनर सन्दीप लामिछानेले ‘द हन्ड्रेड क्रिकेट’ प्रतियोगिता खेल्ने भएका छन् ।
आइतबार राति भएको ड्राफ्टमा सन्दीपलाई ओभल इन्भिन्सिबल्सले टिमले एक लाख पाउण्ड (एक करोड ४६ लाख नेपाली रुपैयाँ) मा खरिद गरेको छ ।
टिमले पहिलो राउण्डमा वेस्ट इण्डिजका सुनील नराइनले लिएको थियो भने दोस्रो राउण्डमा इंग्ल्याण्डका साम बिलिङ्स र नेपालका सन्दीपलाई छानेको थियो ।
बेलायत र वेल्समा आयोजना हुने प्रतियोगिता २०२० को जुलाई १७ तारिखदेखि अगस्ट १६ तारिखसम्म सञ्चालन हुनेछ ।
‘द हन्ड्रेड’मा छानिएपछि सन्दीप लामिछानेले सामाजिक सञ्जाल ट्वीटर मार्फत नेपाल र नेपालीकाे अर्को सपना पनि पूरा भएको उल्लेख गरेका छन् ।
सन्दीपले ट्वीटमा भनेका छन्, ‘नेपाल र सुन्दर नेपालीका लागि अर्काे सपना पूरा भएको छ ।