12 views 1 sec 0 comments

भुकम्प पछी नेपाल प्रहरीले के गर्छ …?

In देश, समाज, सूचना-प्रबिधि
१९ कार्तिक २०८०, आईतवार १५:२४

भुवनेश्वर तिवारी

१९ कार्तिक, काठमाण्डौं

विपद् व्यवस्थापन उद्धार प्रयासमा नेपाल प्रहरीले अरु सुरक्षा निकायहरुसँग मिलेर गर्ने कार्यहरु अत्यन्तै महत्वपुर्ण हुन्छन् यसअघिका विपद्का बेला नेपाल प्रहरीले आफ्नो जनशक्ति स्रोत साधनको प्रभावकारी परिचालन गरी प्रभावित समुदायलाई उद्धार तथाराहात दिलाउन उदाहरणीय प्रशंसनीय भुमिका खेलेको थियो।

नेपाल प्रहरीले गर्ने मुख्य कार्यहरु:
. खोजी उद्धार कार्य: भत्केका संरचनामा फसेका आपतमा परेकाको खोजी उद्धारका लागि आवश्यकता अनुसार उद्धार सामग्रीसहित टोलीहरु परिचालन गर्दछ प्रमुख जिल्ला अधिकारी, अन्य सुरक्षा निकाय उद्धारमा संलग्न अन्य निकायसँग समन्वय गरीसामुहिक प्रयासहरुमा प्रभावकारीता बढाउने काम गर्छ
. सुरक्षा कानुन कार्यान्वयन: कानुन विपरीतका गतिविधि हुन नदिन सार्वजनिक सुरक्षा सुनिश्चित गर्न प्रभावित क्षेत्रमा शान्ति सुरक्षाकायम गर्दछ अति प्रभावित क्षेत्रमा आवश्यकता अनुरुप अस्थायी स्थानीय प्रहरी कमाण्ड पोष्ट स्थापना गर्दछ
. सडक अवरोध हटाई सवारी आवागमन सुचारु गरेर आपतकालीन सहायता सामग्री उद्दारकर्ताको पहुँच सुनिस्चित गर्दछ
. उद्धार आश्रय व्यवस्थापन: प्रभावित समुदायलाई सुरक्षित अस्थायी आश्रय स्थलहरुमा सार्ने कार्यमा तदारुकता देखाउँछ विस्थापित समुदायको सुरक्षा हितको काममा खटिन्छ
. समन्वय संचार: नेपाल सरकार, सम्बन्धित प्रमुख जिल्ला अधीकारी, अन्य सुरक्षा निकाय उद्धार, राहात पुनस्थापना कार्यमासंलग्न निकायहरुसँग प्रभावकारी समन्वय, सहकार्य संचार सुनिश्चित गर्दछ
. चिकित्सा सहायता: अन्य उपचारको व्यवस्था नहुँदासम्म शूरुमा प्राथमिक उपचारको व्यवस्था, फिल्ड अस्पताल स्थापना सिकिस्तविरामीलाई अन्यत्रका अस्पतालहरुमा पठाउने कार्यमा समन्वय गर्दछ यसपालि नेपाल प्रहरी अस्पतालका स्वास्थ्यकर्मी पनि प्रभावितक्षेत्रमा पठाएको
. सुचना जनचेतना: सुरक्षा उपायहरू, आपतकालीन सम्पर्क नम्बरहरू खोज उद्धार प्रक्रियाहरू बारे जानकारी गराउँछ भनेRumors Misinformation बाट बच्न सुचना प्रवाह गर्दछ
. क्षति मुल्यांकन प्रतिवेदन: उद्धार पुस्थापनको लागि चाहिने स्रोत यकिन एवम् क्षतिको प्रभाव मुल्यांकन गरी माथिल्ला निकायमाप्रतिवेदन गर्दछ
. जोखिममा रहेकालाई सहायता: बालबालिका, ज्येष्ठ नागरीक शारीरीक कमजोरी भएका हरुलाई सहायता गर्दछ
. राहात पुन:स्थापना कार्यमा सहयोग: खाद्यान्न, पानी, लत्ताकपडा कम्बललगायत राहत सामग्रीको वितरणमा सहयोग गर्दछ पुन: निर्माण सामुदायिक पुनर्वास कार्यमा योगदान गर्दछ
. मुचुल्का अभिलेख: पीडित प्रभावितहरुको लागि कानुन बमोजिमका मुचुल्का हरुको काम एवम् उद्धार राहात कार्यहरुकोसम्बन्धमा अभिलेख राख्ने काम पनि नेपाल प्रहरीले गर्दछ
नेपाल प्रहरी अन्तर्गत हाल हरेक प्रदेश केन्द्रीय स्तरमा विशेष तालिम उद्धार कौशल सहित विपद् उद्धार इकाईहरु पनि रहेका छन् यस विपद् मा नेपाल प्रहरीका स्थानीय, प्रदेश स्तरीय केन्द्रीय टोलीहरु खटिनेछन् २०७२ सालको भुकम्पमा विदेशबाट समेत खोजतथा उद्धार टोली आउनु परेको थियो।
यस पटकको भुकम्पमा नेपाल सरकार यसका सुरक्षा निकायहरुले खोज उद्धार कार्यमा देखाएको तदारुकता प्रशंसनीय भने देश विदेशबाट सहायता पनि उल्लेख्य रुपमा प्राप्त भएको जुन दुखेका घाउहरमा मल्हम लगाउन सहयोगी हुनेछन्