476 views 0 secs 0 comments

पूर्व–पश्चिम राजमार्गको अरुणखोलाकाे ३६ घण्टादेखि अवरुद्ध सडक मंगलबार बिहानैदेखि एकतर्फी सञ्चालन..

In देश, समाज
३ भाद्र २०७६, मंगलवार १२:५२

पूर्व–पश्चिम राजमार्गको अरुणखोलाकाे ३६ घण्टादेखि अवरुद्ध सडक मंगलबार बिहानैदेखि एकतर्फी सञ्चालनमा आएको छ ।

लगातारको वर्षाले अरुणखोलाको नदीको सतह बढेपछि सम्भावित जोखिमलाई ध्यानमा राखेर डाइभर्सनबाट सवारी वारपार गराउन प्रहरीले रोकेको थियो । पानीको सतह मंगलबार बिहानबाट कम भएसँगै प्रहरीले पुनः एकतर्फी रूपमा सवारी सञ्चालनमा ल्याएको हो ।प्रहरीका अनुसार डाइभर्सन मर्मतको काम अहिले भइरहेको छ । डाइभर्सन मर्मतको काम दिउँसोसम्मका सकेर आजैबाट दुवैतर्फी सडक सञ्चालनमा ल्याउने प्रहरी भनाइ छ ।