643 views 0 secs 0 comments

मतदान गर्न नपाउँदा शय्यामै छट्पटी

In देश, समाज
११ मंसिर २०७४, सोमबार १४:३४

७२ बर्षे दिकबहादुर मगर आईतबार शिक्षण अस्पतालमाको आकस्मिक उपचार कक्षमा कृत्रिम स्वास्प्रश्वास लिँदै छटपटाईरहेका थिए ।
दुई दिनअघि छोराहरुसंग मतदान गर्ने ईच्छा ब्यक्त गरेका मगरको एक्कासि हातखुट्टा चल्न छोडेपछि मतदान गर्ने धोको अधुरै रह्यो ।
गाउँलेहरु पंक्तिबद्ध भई मतदान गरिरहेका बेला दोलखा मेलुङका दिकबहादुरसंगै तीन छोरा र नाति अस्प्तालको शय्यामा टोलाईरहेका थिए ।
उनी बिरामी हुँदा तीन पुस्ताले मतदान गर्न पाएनन् ।
मतदानको दिन बिरामी कुरुवाले रेडियोमा समाचार सुनेरै चित्त बुझाए ।