637 views 6 secs 0 comments

वामगठबन्धन विजयी भए महानगरको विकासमा सहज हुन्छ : शाक्य

In देश, राजनीति, समाज
१७ मंसिर २०७४, आईतवार १२:१०

काठमाडौँ :  काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले वामगठबन्धनले जितेमा काठमाडौं महानगरको विकास गर्न सहज हुने बताएका छन्। वामगठबन्धनका उम्मेदवारको पदयात्राका क्रममा बोल्दै महानगर प्रमुख शाक्यले काठमाडौंको दुर्त विकासका लागि वामगठबन्धनका उम्मेदवारले जित्न आवश्यक भएको बताएका हुन्।‘महानगरको विकासका लागि कुनै पनि अवरोध आउनु हुन्न, काममा अवरोध भयो भने धेरै काममा वाधा पर्छ’ उनले भने।

सो अवसरमा बोल्दै काठमाडौँ क्षेत्र नम्बर-९ का (वाम गठबन्धनका साझा उम्मेदवार) प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठ, प्रदेशसभा ‘क’ का उम्मेदवार डाक्टर अजयक्रान्ति शाक्यले वाम गठबन्धनलाई विजयी गराउनु अपिल गरेका थिए।‘हामीले तपाईँहरुको समस्या राम्ररी बुझेका छौँ,’ उम्मेदवार शाक्यले भने, ‘अहिले हामी आश्वासन दिदैँनौँ।विजयी गराउने तपाईँहरुको जिम्मा, विकस गर्ने हाम्रो दायित्व ।’

पदयात्रा लगनटोललगायतका स्थान हुँदै टेकु पुगेको थियो।त्यही क्षेत्रकी मतदाता चन्द्रकला थापा भावुक हुँदै भनिन्- ‘छोरोलाई दैवले लग्यो, श्रीमान् पनि मेरो हुन सक्नुभएन, सूर्यसँग मैले धेरै आशा गरेकी छु ।’

Image may contain: 11 people, crowd and outdoor

 

थापाका ती भावूक अभिव्यक्तिसँगै पदयात्रामा सहभागी सबैमा एकैछिन मौनता छायो।मौनतालाई चिर्दै उम्मेदवर श्रेष्ठले भने- ‘पहिला हामीलाई जिताएर पठाउनुहोस्, हामी तपाईँहरुको साथमा छौँ ।’ श्रेष्ठको यस्तो आश्वासनपछि थापाले एक पटक फेरि दुबै उम्मेदवार र मेयर शाक्यको हातमा टाउको राखेर विजयीको शुभकामना दिएकी थिइन्।

‘मेरो छाप्रोमा मेयर र दुबै उम्मेदवार आउनुभयो म धेरै खुशी छु,’ पदयात्रा अघि बढेपछि टिनले छाएको नीजि छाप्रोकै अगाडि उभिएर थापाले भनिन्, ‘अहिलेसम्म कसैले पनि केही गरेनन्, भाषणमात्र गरे, यो पटक एमालेसँग धेरै आशा लागेको छ’ उनले भनिन्।