
२१ मंसिर, काठमाडौँ।
कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका युवकको उपचारको क्रममा मृत्यु भएको छ ।
सोमबार राति सवा १० बजे कृष्णपुर नगरपालिका–४ को भित्री सडकखण्डमा सुप प्र ०१०१० प ३८८नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका–१९ बस्ने २२ वर्षीय रविन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार मोटरसाइकलको पछाडि सवार चौधरी दुर्घटनामा गम्भीर घाइते भएका थिए । धनगढीको माया मेट्रो अस्पतालमा उपचारको क्रममा बुधबार उनको मृत्यु भएको हो ।