टिकटक प्रतिबन्धविरूद्धका रिट सर्वोच्चले आज हेर्न नभ्याउने

In सूचना-प्रबिधि
४ मंसिर २०८०, सोमबार १४:५०

४ मंसिर, काठमाडौँ।

सर्वोच्च अदालतले टिकटक प्रतिबन्धविरूद्धका रिट आज हेर्न नभ्याउने भएको छ।

न्यायाधीश कुमार चुडालको इजलासमा परेका १० वटा रिट हेर्न नभ्याउने सर्वोच्चको वेभ साइटमा उल्लेख छ।

समय अभावका कारण इजलासले ती रिटमा सुनुवाइ गर्न नभ्याएको हो।