मकवानपुरमा बाघको आक्रमणबाट खर काट्न गएका पुरुषको मृत्यु

In मृत्यु
८ मंसिर २०८०, शुक्रबार १३:५२

८ मंसिर, काठमाडौँ।

मकवानपुरमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा खर काट्न गएका चितवन राप्ती नगरपालिका- १ दुबीचौरका करिब ४३ वर्षीय हरि पौडेलको मृत्यु भएको हो ।

शुक्रबार बिहान करिब सवा १० बजे राप्ती र लोथर खोलाको मध्यवर्ती क्षेत्र दोभानमा खर काट्न गएका उनलाई बाघले आक्रमण गरेको थियो ।

बाघको आक्रमणबाट मृत्यु भएको खबर पाएपछि अनुसन्धान तथा मुचुल्काको लागि इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी टोली पठाइएको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।