जाँडरक्सी खाएका साथीको छुरा प्रहारबाट पोर्चुगलमा एक नेपालीको ज्यान गयो

In मृत्यु
९ मंसिर २०८०, शनिबार १६:३५

९ मंसिर, काठमाडौँ।

जाँडरक्सी खाएका साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक जना नेपाली युवकको ज्यान गएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका पर्वतको कुश्मा नगरपालिका–१३, खौलाका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा ज्यान गएको हो ।

शान्तियागोमा रहेको लिटरोल अलेन्टेजानो अस्पतालमा अस्ति बिहीवार क्षेत्रीको उपचारका क्रममा ज्यान गएको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष उमेश खड्काले जानकारी दिनुभयो ।

पोर्चुगलको ओडिमिरा बोआभिस्ता बस्दै आएका क्षेत्रीलाई उनीसँगै बस्दै आएका पुतलीबजार–१२ पेल्काचौरका ३० वर्षीय लोकेन्द्र गुरुङले गएको मङ्गलवार राति छुरा प्रहार गरेका थिए ।