
९ मंसिर, काठमाडौँ ।
तपाईं ७२ घण्टासम्म केही पनि नखाई भोकै बस्न सक्नु हुन्छ ? तीन दिनसम्म अन्नपात नखाई कन पानी मात्रै खाएर ब्रत बस्यो भने शरीरमा के होला ?
पछिल्लो समय हामीले इन्टरमिटेन्ट फाष्टिङ, ७२ घण्टासम्म अन्न नखाई बसिने व्रत आदिबारे सुन्दै आएको छौँ । यस्तो खालको व्रतले हाम्रो शरीरमा अनेकौँ प्रभाव पार्न सक्छ । सुरुमा त शरीरले ताकतका लागि शरीरमा जम्मा भएर बसेको ग्लाइकोजिनको चलाउँछ ।
ग्लाइकोजिन सकिँदै गएपछि रगतमा चिनीको मात्रा घट्न थाल्छ । व्रत जारी रहँदा शरीर किटोशिशको अवस्थामा जान्छ, ऊर्जाका लागि शरीरले फ्याट बर्न गर्न थाल्छ । यो मेटाबोलिक स्टेटले तौल घटाउन सक्छ भन्छन् भारतको नारायण अस्पतालका वरिष्ठ परामर्शदाता डा. पंकज बर्मा । व्रतको बेलामा इन्सुलिनको स्तर पनि घट्न सक्छ । शरीरले क्षतिग्रस्त भएका कोषहरूलाई हटाउने प्रक्रिया अर्थात् अटोफागी तीव्र हुन थाल्छ । यसले सेल्युलर हेल्थलाई पनि लाभ हुने डा. बर्माको भनाई छ ।