7 views 0 secs 0 comments

असुरक्षाका कारण प्रसाईं आजको प्रदर्शनमा नजाने

In समाज
८ मंसिर २०८०, शुक्रबार १३:४०

८ मंसिर, काठमाडौँ।

असुरक्षाको कारण देखाउँदै मेडिकल व्यवसायी दुर्गा प्रसाईं शुक्रबार घरबाट बाहिर ननिस्किने भएका छन्।

प्रसाईंको भक्तपुरको ठिमीस्थित घर वरपर धेरै संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।  प्रसाईं समूहले शुक्रबार काठमाडौँको तीनकुनेबाट प्रदर्शन सुरु गर्ने जनाएको थियो।

प्रसाईंका सचिवालय सदस्य विजय कँडेलले भने, ‘बाहिर सुरक्षा घेरा छ। उहाँको हेल्थको इस्यू पनि आइरहेको छ। त्यसैले उहाँ आजको प्रदर्शनमा निस्किनु हुदैन्।’

उनले प्रसाईं घरबाट बाहिर ननिस्किए पनि उनका समर्थकहरूले प्रदर्शन गर्ने जानकारी दिए।  ‘हामी काठमाडौँका जुनसुकै चोकमा पनि प्रदर्शन गर्न सक्छौँ। तीनकुने नै जानुपर्दैन’, कँडेलले भने, ‘जहाँबाट जसरी सकिन्छ त्यसरी आन्दोलन गर्ने र कुनै चोक बाँकी नराख्ने रणनीतिमा छौँ।’

प्रसाईं समूहले शुक्रबार बिहान तीनकुनेमा प्रदर्शन गर्ने योजना बनाएको थियो। तर जिल्ला प्रशासन कार्यालय काठमाडौँले त्यसलाई निस्तेज पारिदिएको छ। प्रसाईंको घर वरपरको धेरै संख्यामा सुरक्षा कर्मी परिचालन गरिएको छ।