791 views 0 secs 0 comments

बहुला स्यालको टोकाइबाट सिरहाको कुमहार टोलका १६ जना घाइते…

In समाज
२० कार्तिक २०७६, बुधबार १३:४५

स्यालको टोकाइबाट सिरहाको लहान नगरपालिका ४ को कुमहार टोलका १६ जना घाइते भएका छन् । 
बहुला स्याल बस्तीमा प्रवेश गरेर स्थानीयवासीलाई टोकेको हो । स्यालको टोकाइबाट घाइते भएका सबैको लहानको रामप्रसाद उमाप्रसाद स्मारक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । 
सिरहा र सप्तरीको सीमानामा पर्ने बलान खोलातर्फबाट मङ्लबार साँझ अचानक गाउँ पसेको बहुला स्यालले जथाभाबी टोक्न थालेपछि स्थानीयवासी आतङ्कित बनेका थिए ।