483 views 0 secs 0 comments

सुनचाँदीको भाउ घट्यो…

In देश
२० कार्तिक २०७६, बुधबार १३:३१

सुनको भाउ बुधबार तोलामा ६ सय रुपैयाँ घटेको छ । सुन बुधबार तोलाको ७० हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
मंगलबार तोलामा २ सय रुपैयाँ नै घटेर सुन तोलाको ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदी तोलामा २० रुपैयाँ घटेर तोलाको ८ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।