624 views 0 secs 0 comments

अर्घाखाँचीमा कार दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु…

In समाज
२० कार्तिक २०७६, बुधबार १३:०४

अर्घाखाँचीको ठाडा नजिकै कार दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
रुपन्देहीको मुर्गियाबाट सन्धीखर्क आउँदै गरेको बा १७ च ६९१७ नम्वरको कार सन्धीखर्क नगरपालिका वडा नम्वर ६  ठाडा देखि ३०० मिटर अगाडी (सन्धीखर्कतर्फ) दुर्घटना हुँदा पाणिनी गाउँपालिका ८ घर भइ रुपन्देहीको सैनामैनामा बस्दै आएका ८० वर्षीय दुर्गादेवी खड्का र उनका दुई छोरा  ३९ वर्षीया तीबलहादुर तथा भक्तबहादुरको ज्यान गएको अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी प्रकाश विष्टले जानकारी दिए ।
यस्तै घाइते गंगाबहादुर खड्का र बिनोद खड्कालाई उपचारका लागि बुटवल पठाइएको छ ।