570 views 1 sec 0 comments

जनार्दन शर्माले पहिलो पटक आफैंलाई भोट हाले

In देश, राजनीति, समाज
१० मंसिर २०७४, आईतवार १०:५४

रुकुम : पूर्वगृहमन्त्री एवम् माओवादी केन्द्रका नेता जनार्दन शर्माले पहिलो पटक आफैंलाई मतदान गरेका छन् । रुकुम पश्चिमको सदरमुकाम मुसिकोट नगरपालिका,५ को यमुनानन्द नमूना मावि ‘क’ मतदान केन्द्रबाट शर्माले मतदान गरेका हुन् ।

शर्मा २०६४ को पहिलो संविधानसभा र २०७० को दोस्रो संविधानसभा निर्वाचनमा रुकुम क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।

त्यस बखत उनले मतदान गर्ने मतदान केन्द्र उनको निर्वाचन क्षेत्रमा नपर्ने भएकाले अर्कैलाई मतदान गरेका थिए। यस पटक भने शर्माको मतदान केन्द्र उनकै निर्वाचन क्षेत्रमा परेको छ । शर्माले मतदान गरेको केन्द्रमा १२५५ जना मतदाता रहेका छन्

शर्मा यो जिल्लाबाट प्रतिनिधिसभाका लागि उम्मेदवार छन्।