570 views 0 secs 0 comments

सुनचाँदीको भाउ घट्यो…

In देश
२२ कार्तिक २०७६, शुक्रबार ११:४४

नेपाली बजारमा शुक्रबार सुनको मूल्य रु ७०० घटेको छ ।
अघिल्लो दिन तोलामा ७० हजार ६०० मा कारोबार भएको सुनको मूल्य सातोको कारोबारको अन्तिम दिन शुक्रबार ६९ हजार ९०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
यस्तै तेजावी सुन तोलामा ६९ हजार ६०० मा कारोबार भएको छ । चाँदीको पनि मूल्य रु १५ घटेर तोलामा ८३५ मा कारोबार भएको छ।