शनिबार बिहान सवा ६ बजे काठमाडौं महानगरपालिका वडा नम्बर १३ सोल्टीमोडस्थित दरबार बैंक्वेट अगाडि सडकपेटीमा लेस नायक मृत फेला परेका हुन्।
चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ घर भई गणेश दल गण जंगी अड्डा भन्द्रकालीमा दरबन्दी भएका लेस नायक २६ वर्षीय सुमन कार्की मृत फेला परेका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार सडकपेटीमा एक जना मानिस लडिरहेको भन्ने खबर प्रहरीले पाएको थियो।