1091 views 1 sec 0 comments

बेवारिसे अवस्थामा रहेका दुई वटा भरुवा बन्दुक बरामद…

In समाज
२५ मंसिर २०७६, बुधबार १५:५४

प्रहरीले बर्दिया र बैतडीमा बेवारिसे अवस्थामा रहेका दुई वटा भरुवा बन्दुक बरामद गरेको छ ।
प्रहरी चौकी गणेशपुरबाट खटिएको प्रहरी टोलीले बर्दियाको गुलरिया नगरपालिका-१२ भवानी सामुदायिक वनमा बेवारिसे अवस्थामा रहेको बन्दुक मंगलबार बरामद गरेको हो । यस्तै, बैतडीको दशरथचन्द नगरपालिका-२ ग्वाल्लेकस्थित जंगलको ओढारमा लुकाइ राखेको बन्दुक प्रहरी चौकी देहीमाडौंको टोलीले मंगलबार दिउँसो बरामद गरेको हो ।