808 views 0 secs 0 comments

महानगरीय प्रहरी प्रभाग कुपण्डोलको उद्घाटन

In देश
२७ मंसिर २०७५, बिहीबार १२:५९

ललितपुर–महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले महानगरीय प्रहरी प्रभाग कुपण्डोलको उद्घाटन गरेका छन् ।

नवनिर्मित भवन ललितपुर महानगरपालिका वडा नं १० कार्यालय तथा स्थानीयवासीको आर्थिक सहयोगमा निर्माण भएको हो ।
भवनको लागत रु २५ लाख २९ हजार १६० रहेको निर्माण समितिले बताएको छ । प्रहरी नायब महानिरीक्षक क्षेत्रीले सेवाग्राहीलाई चाँडो सेवा दिन प्रहरी कर्मचारीलाई निर्देशन दिए ।

यो कार्यालय विसं २०३७ मा अस्थायी प्रहरी विटका रुपमा स्थापना भएको थियो । विसं २०७२ मा विट महानगरीय प्रहरी प्रभागका रुपमा स्तरोन्नति भएको हो । भवन अभावका कारण प्रभागले टिनको टहराबाट सेवा दिन बाध्य भएको थियो । प्रभागमा अहिले प्रहरी निरीक्षकको नेतृत्वमा १५ जना प्रहरी कर्मचारी कार्यरत छन् ।