498 views 0 secs 0 comments

एकैदिन प्रतितोला १२ सय रुपैयाँ बढेर ७२ हजार ५ सय रुपैयाँमा कारोबार …

In देश
९ भाद्र २०७६, सोमबार ११:२४

हिजो (आइतबार) एकैदिन प्रतितोला १२ सय रुपैयाँ बढेर ७२ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज पनि एक हजार रुपैयाँ बढेको छ ।

पछिल्लो समय निरन्तर उकालो लागेको सुन भाउले दैनिक रुपमा उच्च रेकर्ड कायम गर्दै आएको छ । आज छापावाल सुन प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य नेपालको इतिहाँसमकै सबैभन्दा उच्च हो ।त्यस्तैगरी आज तेजावी सुन प्रतितोला ७३ हजार २ सय रुपैयाँ तथा चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । आइतबार ८ सय ५० रुपैयाँमा उच्च रेकर्ड बनाएको चाँदीको भाउ पनि आज तोडिएको छ । आइतबार तेजावी सुन ७२ हजार २ सय तथा चाँदी तोलाको ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।