
भिडको मौका छोपेर पाकेटमारी गर्ने डेढ् दर्जन व्यक्ति जनकपुरधामबाट आइतबार बिहान पक्राउ परेका छन् ।
नेपाल तथा सशस्त्र प्रहरीको टोलीले जनकपुधामको बिभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा अधिकांश महिला छन् । उनीहरुको नाम र ठेगाना खुल्न सकेको छैन् ।
पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीले जानकारी दिए ।