739 views 0 secs 0 comments

राजधानीमा व्यक्ति हत्याको योजना बनाएर बाराबाट काठमाडौं आइपुगेका एक व्यक्तिलाई पेस्तोल र गोलीसहित पक्राउ …

In समाज
२४ भाद्र २०७६, मंगलवार १४:२१

राजधानीमा व्यक्ति हत्याको योजना बनाएर बाराबाट काठमाडौं आइपुगेका एक व्यक्तिलाई भक्तपुर प्रहरीले पेस्तोल र गोलीसहित पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले बारा फेटा गाउँपालिका-३ का ३८ वर्षीय शम्भुप्रसाद साहलाई सोमबार राति साढे ८ बजे पक्राउ गरेको हो।
भक्तपुर परिसर प्रमुख प्रहरी उपरीक्षक सबिन प्रधानका अनुसार साहलाई जगाती क्षेत्रबाट पक्राउ गरिएको हो। उनी त्यहाँ बास बस्नका लागि होटल खोज्दै थिए।
प्रधानका अनुसार उनीबाट एक थान कटुवा पेस्तोल र त्यसको पाँच राउन्ड गोली बरामद गरिएको छ।
‘राजधानीमा हत्याको योजना लिएर बारादेखि नै हतियार बोकेर आएको सूचना पाएपछि हामीले उनलाई पक्राउ गरेका हौं,’ प्रधानले भने।
बेलुका बास बसी भोलिपल्ट हत्या गरी भाग्ने उनको योजना रहेको प्रहरीले जनाएको छ।