519 views 0 secs 0 comments

सरु भट्टराई भुसालको हत्या गरेका कमल भुसाल आफै पुगे प्रहरी चौकीमा…

In समाज
११ असार २०७९, शनिबार १८:४१

आफ्नै श्रीमती २७ वर्षीया सरु भट्टराई भुसालको हत्या गरेको अभियोगमा मालारानी गाउँपालिका-२ डाँडाकटेरी बस्ने २७ वर्षीय कमल भुसाल शुक्रबार दिउँसो पक्राउ परेका छन्।

घरनजिकै जंगलमा दुवै जना दाउरा काट्न गएको अवस्थामा आफैँले बाँधेको गम्छाको प्रयोग गरी श्रीमतीको हत्या गरेको छु भनि आफैं ईलाका प्रहरी कार्यालय खनमा आएर जानकारी गराएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।