551 views 0 secs 0 comments

छोरी जन्मिएपछि नेशनल मेडिकल कलेजबाट बेपत्ता भएकी महिला अर्काे अस्पतालमा भेटिइन्

In समाज
७ पुष २०७४, शुक्रबार १३:५८
Nepal Live

वीरगंज– वीरगंजको नेशनल मेडिकल कलेजबाट हराएकी सुत्केरी महिला बाराको जिल्ला अस्पतालमा फेला परेकी छिन्। सर्लाही कवालावासी घर भएकी २० वर्षिय ललिता देवी बुधबार बेलुका अस्पतालबाट हराएकी थिइन् । उनलाई शुक्रबार जिल्ला अस्पताल कलैयामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी राजन लिम्बुले बताए।

ललिताले छोरी जन्माएकी थिइन् । छोरी जन्माएकै कारण आफुमाथि परिवारबाट अपहेलना भएकाले उनी भागेको अनुमान गरिएको छ। बुधबार राती ११ बजे उनी अस्पतालबाट  हराएकी थिइन् । उनी हराएपछि परिवारले खोजी गर्न प्रहरीमा उजुरी गरेका थिए । शुक्रबार उनलाई फेला पारी प्रहरीले परिवारलाई बुझाएको छ। ‘भाग्नुको कारणबारे अनुसन्धान गरिरहेका छौं,’ डिएसपी लिम्बुले नेपाललाइभसँग भने। ललिता देवी  मंसिर २ गते सुत्केरी भएकी थिइन् ।