काठमाडौं ।
गुण्डा नाइके कथित डन दिनेश अधिकारी ‘चरी’लाई इन्काउन्टर गरेर सिध्याउने डिआईजी पुष्कर कार्कीले प्रहरीको मोस्ट वान्टेड सुचिमा रहेका नव निर्वाचित सांसद रेशम चौधरीलाई समेत नछोड्ने बताएका छन् ।
एक टेलिभिजनलाई अन्तर्वार्ता दिदै डिआईजी कार्कीले यस्तो बताएका हुन्। गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समाचारले नेपालको राजनीतिक माहोल तातिरहेका बेला त्यहि निर्वाचनबाट सांसद बनेका चौधरीलाई नछोड्ने बताएपछि कार्कीको चर्चा चल्न थालेको छ ।
पछिल्लो समयमा नेपालमा निर्वाचनका समाचारहरुले निकै चर्चा पाइरहेका छन् । निर्वाचनको नतिजा बाहिर आए पनि समानुपातिक सांसदहरुको सुची निर्वाचन आयोगले अझै सार्बजनिक गरेको छैन । सोसँग सम्बन्धित समाचारहरु आउनेक्रम जारी नै छ ।
प्रहरीको मोस्ट वान्टेड सुचिमा हुँदाहुँदै पनि हालै भएको निर्वाचनमा कैलाली क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा रेशम चौधरी निर्वाचित भएका थिए।
चौधरी ३४ हजार ३ सय ४१ मतसहित निर्वाचित हुँदा उनको निकटतम प्रतिस्पर्धी वाम गठबन्धबाट एमाले उम्मेदवार मदन कुमारी शाह (गरिमा)ले १३ हजार ४ सय ६ मत मात्र पाएकि थिइन् ।
चौधरी र शाहबीचको मतान्तर २० हजार ९ सय ३५ छ । चौधरीलाई टिकापुर घटनाका मुख्य दोषीको रुपमा प्रहरीले मोस्ट वान्टेड सुचिमा राखेको छ ।
उनलाई यसका अलावा बिभिन्न अपराधिक कृयाकलापमा संलग्न रहेको आरोप समेत लागेको छ । गुण्डा नाइके ‘चरी’को इन्काउन्टर गर्ने चर्चित डीआईजी पुष्कर कार्कीले रेशम चौधरीलाई प्रहरीले जसरी पनि पक्राउ गर्ने बताएका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)का प्रमुख समेत रहेका कार्कीले आवश्यक परे चौधरीलाई सिआईबीले पक्राउ गरेर अदालतमा बुझाउने स्पष्ट पारे । उनको कार्यकालमा गुण्डागर्दी र अपराध नियन्त्रणका घटनामा कमि आएको बताइन्छ ।काठमाडौं ।
गुण्डा नाइके कथित डन दिनेश अधिकारी ‘चरी’लाई इन्काउन्टर गरेर सिध्याउने डिआईजी पुष्कर कार्कीले प्रहरीको मोस्ट वान्टेड सुचिमा रहेका नव निर्वाचित सांसद रेशम चौधरीलाई समेत नछोड्ने बताएका छन् ।
एक टेलिभिजनलाई अन्तर्वार्ता दिदै डिआईजी कार्कीले यस्तो बताएका हुन्। गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समाचारले नेपालको राजनीतिक माहोल तातिरहेका बेला त्यहि निर्वाचनबाट सांसद बनेका चौधरीलाई नछोड्ने बताएपछि कार्कीको चर्चा चल्न थालेको छ ।
पछिल्लो समयमा नेपालमा निर्वाचनका समाचारहरुले निकै चर्चा पाइरहेका छन् । निर्वाचनको नतिजा बाहिर आए पनि समानुपातिक सांसदहरुको सुची निर्वाचन आयोगले अझै सार्बजनिक गरेको छैन । सोसँग सम्बन्धित समाचारहरु आउनेक्रम जारी नै छ ।
प्रहरीको मोस्ट वान्टेड सुचिमा हुँदाहुँदै पनि हालै भएको निर्वाचनमा कैलाली क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा रेशम चौधरी निर्वाचित भएका थिए।
चौधरी ३४ हजार ३ सय ४१ मतसहित निर्वाचित हुँदा उनको निकटतम प्रतिस्पर्धी वाम गठबन्धबाट एमाले उम्मेदवार मदन कुमारी शाह (गरिमा)ले १३ हजार ४ सय ६ मत मात्र पाएकि थिइन् ।
चौधरी र शाहबीचको मतान्तर २० हजार ९ सय ३५ छ । चौधरीलाई टिकापुर घटनाका मुख्य दोषीको रुपमा प्रहरीले मोस्ट वान्टेड सुचिमा राखेको छ ।
उनलाई यसका अलावा बिभिन्न अपराधिक कृयाकलापमा संलग्न रहेको आरोप समेत लागेको छ । गुण्डा नाइके ‘चरी’को इन्काउन्टर गर्ने चर्चित डीआईजी पुष्कर कार्कीले रेशम चौधरीलाई प्रहरीले जसरी पनि पक्राउ गर्ने बताएका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)का प्रमुख समेत रहेका कार्कीले आवश्यक परे चौधरीलाई सिआईबीले पक्राउ गरेर अदालतमा बुझाउने स्पष्ट पारे । उनको कार्यकालमा गुण्डागर्दी र अपराध नियन्त्रणका घटनामा कमि आएको बताइन्छ ।