
तनहुँको भानु नगरपालिका-३ मा फेरि अर्को चितुवा खोरमा परेको छ । नगरपालिकाको रिडिपानीस्थित धराने कालिका सामुदायिक वनमा थापिएको परम्परागत खोरमा शनिबार राति चितुवा खोरमा परेको हो ।
सामुदायिक वन उपभोक्ता समितिले वनभित्र खोर बनाइ बाख्रा राखेर पासो थापेको थियो । करिब ५५ किलो तौल भएको पोथी चितुवा खोरमा परेको वडा अध्यक्ष दलनारायण श्रेष्ठले बताएका छन् ।
भानु १, २, ३ र ४ का स्थानीयहरुलाई चितुवाले लामो समयदेखि आतंक मच्चाउँदै आएको छ ।
यो अवधिमा यस क्षेत्रमा चितुवाको आक्रमणबाट पाँच जना बालबालिकाको ज्यान गुमाइ सकेका छन् भने ७ जना बालबालिका घाइते भएका छन् ।