454 views 0 secs 0 comments

पोखरामा नाली खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु…

In समाज
१५ मंसिर २०७६, आईतवार १०:४१

पोखरा महानगरपालिका–२० मौजाको विसौनामा नाली खन्ने क्रममा बाटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । पुरिएका ५ मध्ये २ जनाको शव फेला परेको छ । 
आइतबार बिहान ८ः४५ बजे सडकको रिटेनिङ वाल लगाउन सडक खन्ने क्रममा माथिबाट आएको माटोको ढिस्कोले उनीहरुलाई पुरेको हो । 
बाँकीको उद्दारका लागि प्रहरी टोली घटनास्थल जाँदै गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी केसीले जानकारी दिए । । 
सडक निर्माणका क्रममा एक्कासि माथिबाट आएको माटोको ढिस्कोमा पुरिएका कामदारमध्ये दुई जनाको शवबाहिर निकालिएको डिएसपी केसीले बताए ।