460 views 0 secs 0 comments

विस्फोटक पदार्थसहित विप्लव समूहका एक कार्यकर्ता पक्राउ…

In समाज
२२ मंसिर २०७६, आईतवार १२:५९

सङ्खुवासभाको पाँचखपन नगरपालिकामा विस्फोटक पदार्थसहित आज नेत्रविक्रम चन्द (विप्लव)समूहका एक कार्यकर्ता पक्राउ परेका छन् । चैनपुर नगरपालिका–५ घर भएका ३० वर्षीय यामप्रसाद गौतमलाई पाचखपन नगरपालिका–८ को पोख्राङ गाउ“बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गौतमलाई बम बनाउन प्रयोग गरिने विष्फोटक पदार्थसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख प्रहरी नायब उपरीक्षक मीमबहादुर लामाले बताए । प्रहरीले गौतमका साथबाट विष्फोटक पदार्थ बनाउन प्रयोग गरिने डेटोनेटर १३ थान, नीओजेल लेखिएको लोला–१५ थान, सेप्टी फ्यूज ९.९५ मिटर, नन्इलेक्ट्रिक डेटोनेटर ११ थान, एकीकृत जनक्रान्ति लेखिएको किताब एक थान, विधान २०७३ लेखिएको एक थान, कालो डायरी एक थान, विभिन्न पुस्तक, एक थान मोबाइल र दुई थान सिमकार्ड फेला परेको थियो । पक्राउ परेका गौतमबारे थप अनुसन्धान भइरहेको र आवश्यक कारवाहीका लागि कानूनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।