
धनुषामा सुन–चाँदीसहित एकजना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
शनिबार धनौजी गाउँपालिका वडा नम्बर ४ भडरीयाबाट भारतको विहार प्रान्तको मधुवनी जिल्ला गोवराही बस्ने ४० वर्षीय जय प्रकाश यादवलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
भारततर्फ अवैध रुपमा तस्करी गरी लैजादैँ गर्दा सशस्त्र प्रहरीको गण नम्बर ८ र देवडिहाबाट खटिएको संयुक्त सशस्त्र प्रहरी बलको टोलीले ६ किलो ८ सय ५० ग्राम चाँदीको बुनिया, १ सय ग्रामको सुनको बलिया र २६ ग्राम मालवाडीसहित यादवलाई सशस्त्र प्रहरीले पक्राउ गरेको सशस्त्रका प्रहरी उपरिक्षक उप्रेतीले जानकारी दिए ।
पक्राउ परेका यादवका साथबाट बरामद भएको सुन र चाँदीको मूल्य १२ लाख ८८ हजार ७ सय ९२ रुपैयाँ रहेको धनुषाका सशस्त्र प्रहरी उपरिक्षक उप्रेतीले बताए ।