
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ पार्किङ एरियाबाट अवैध रुपमा भन्सार छलि संकलन गरी लैजान लागेको १ सय ५० ग्रामको ३ थान सुनको बाला सहित काठमाडौं महानगरपालिका चक्रपथ डेरा गरी बस्ने रामेछाप दोरम्बा गाउँपालिका-४ घर भएका भुपेन्द्र मगरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बाहिरी मुलुकबाट काठमाडौं आएका यात्रुहरुबाट करिब ९ लाख रुपैयाँ मूल्य बराबरको उक्त परिमाणको सुन संकलन गरी लैजान लागेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरिएको अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ । मगरलाई बरामद सुन सहित आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।