648 views 0 secs 0 comments

ग्यास लिक भएर आगलागी हुँदा एक वृद्धको मृत्यु…

In समाज
२२ मंसिर २०७६, आईतवार १४:२०

विराटनगर-२ शनिहाटमा शनिबार राति ग्यास लिक भएर आगलागी हुँदा एक वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अन्दाजी ७० वर्षीय जेष्ठ नागरिक जयप्रसाद दाहाल छन् । काठमाडौं बसोबास गर्दै आएका उनी केही दिनअघि विराटनगर आएका थिए ।
एक्लै बस्दै आएका उनी आइतबार बिहान जलेको अवस्थामा मृत भेटिएका हुन् । घटना शंकास्पद भएको भन्दै प्रहरीले अनुसन्धानका लागि एक जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी राजकुमार खिइजूका अनुसार ग्यास लिक भएर आगलागी भएको प्रारम्भिक अनुमान रहेको र घटनाको विस्तृत अनुसन्धान भइरहेको जानकारी दिए । घटनास्थलमा ग्यासको पाइप जलेको अवस्थामा कोशी ग्यासको सिलिण्डर छ ।