1075 views 0 secs 0 comments

वनमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु…

In समाज
२२ मंसिर २०७६, आईतवार १४:३०

वनमा लागेको आगो निभाउने क्रममा लडेर बाजुरामा एक जना किशोरको मृत्यु भएको छ ।
जगन्नाथ गाउँपालिका-ढाडाकोटस्थित काउचाझूलाकाचिया सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा सोही ठाउँका १५ वर्षीय रति बिकको मृत्यु भएको हो ।
लडेर आगोमा परी गम्भीर घाइते भएका बिकको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।