
दाङमा भएको मोटरसाइकल दुर्घटनामा दुई युवाको मृत्यु भएको छ । घोराही उपमहमानगरपालिका वडा नं. ९ निवासी २५ वर्षीय मनोज विक र घोराही ५ धर्ना निवासी २५ वर्ष कै दिपक विकको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको छ ।
गएराति साढे ११ बजेतिर घोराही ९ गुकाली डाँडावाट तुलसीपुर तर्फ आउँदै गरेको रा ४ प ७४९३ नम्वरको मोटरसाइकल सिमेन्टको पिलरमा ठोक्किदा उक्त दुर्घटना भएको थियो ।
जिल्ला प्रहरी प्रवक्ता विनोद विक्रम शाहले उनीहरु दुबै जनाको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राति १२ बजेतिर मृत्यु भएको जानकारी दिए।