बालकको साहस

In विश्व, समाज
१७ कार्तिक २०८०, शुक्रबार ०४:४०

जापानको एकजना नौ वर्षीय बालकले आफ्नो हजुर आमासँग भेट गर्नका लागि एक्लै १५ कि.मी. मोटर हाँकेर गएका छन् ।

भिडियो गेम खेल्ने क्रममा आफुले मोटर चलाउन सक्ने विश्वास भएको उनले प्रहरीलाई जानकारी दिएको छ । उनले भिडियो गेम खेल्दा र बाबुले मोटर हाँकेको देखेर मोटर हाँक्न सक्ने विश्वास पैदा भएको जानकारी दिएको छन् । मध्य जापान बस्ने सो बालकले १५ कि.मी. टाढा रहेकी हजुरआमा भेट्न पारिवारिक कार हाँकेर गएका थिए ।

त्यसपश्चात प्रहरीले उसको पिछा गरेको थियो । पिछा गर्ने क्रममा कार राम्ररी पर्किङ गरि सो बालकले आफ्नो हजुरआमा बसेको ठाउँसमेत पत्ता लगाएको थियो ।