730 views 0 secs 0 comments

डुङ्गा पल्टिँदा स्पेनमा १२ आप्रवासीको मृत्यु

In विश्व
६ पुष २०७५, शुक्रबार ११:४९

मड्रिड – स्पेनको दक्षिणी क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ । सोही दुर्घटनाकामा परी अन्य १२ जना बेपत्तासमेत भएका छन्। स्पेनका तटरक्षक र रेडक्रसका अधिकारीहरुले बिहीबार यस घटनाबार सञ्चारमाध्यमलाई जानकारी गराएका छन्।

दुर्घटनामा परेको डुङ्गाबाट झण्डै तीस जनालाई जिवितै उद्धार गरिएको छ। उद्धारका लागि दुई दिन सम्म खोजी कार्य चलाइएको थियो । “दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने अरु ३३ जना जिवितै भेटिएका छन्, जिवित मध्ये चार जना महिला र २९ जना पुरुष रहेका छन्,” एक उद्धारकर्मीले भने।

दुर्घटनामा परेकाहरु आप्रवासी भएको बताएको छ। उनीहरु अफ्रिकाबाट स्पेनको अल्मेरिया बन्दरगाहमा आउदै थिए।
मृत्यु भएका मध्ये दश जना पुरुष र दुई जना महिला रहेका छन् । महिला मध्ये एक जना गर्भवती रहेको जनाइएको छ।