पेनाल्टीका लागि नेइमार पहिलो रोजाइमा, काभानी पछि हटे

In खेलकुद, विश्व
४ मंसिर २०७४, सोमबार १३:१९

 

 

मंसिर ४ – फ्रेन्च लिग वान फुटबल क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का स्ट्राइकर एडिसन काभानीले क्लबको पेनाल्टी प्रहारमा नेइमार पहिलो प्राथमिकता रहने बताएका छन् । बेलायती पत्रिका द सनका अनुसार यो सिजनको सुरुमा पेनाल्टी प्रहारको विषयमा भएको विवादपछि काभानी पेनाल्टी प्रहारको प्राथमिकतामा नेइमार पहिलो नम्बरमा रहने कुरामा काभानी सहमत भएको उल्लेख गरेको छ ।

नेइमार अब आधिकारिक रुपमा क्लबको पेनाल्टीका लागि पहिलो रोजाइमा रहने निश्चित भएको हो । नान्टेससँगको खेलमा ४–१ को जित निकाल्ने क्रममा दुई गोल गरेका काभानीले
प्रशिक्षकको निर्णय अनुसार नेइमार पहिलो रोजाइमा रहने निश्चित भएको बताएका छन् ।