
आइसीसी टी २० विश्वकप क्वालिफायर एसिया फाइनल अन्तर्गत अन्तिम खेलमा नेपालले सिंगापुरसँग लज्जापद हार ब्यहोरेको छ । योसँगै नेपालको टी–२० विश्वकप सपना टुटेको छ । आइतबार भएको खेलमा सिंगापुरले नेपाललाई ८२ रनको फराकिलो अन्तरले हराउँदै ग्लोबल छनोटमा स्थान बनाएको छ ।
घरेलु टोली सिंगापुरले नेपाललाई जितका लागि १९२ रनको फराकिलो लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउन ब्याटिङ्गमा उत्रिएको नेपाललाई लगातार ९ विकेट ढलेपछि लज्जास्पद हारतको भागिदार बन्न बाध्य भयो ।
सुरुवातमा नै नेपालका कप्तान पारस खड्का आउट भएका छन् । कप्तान पारस १० खेल खेल्दै मात्र १२ रन जोडेर आउट भएका थिए । त्यसपछि क्रिजमा रहेका उपकप्तान ज्ञानेन्द्र मल्लपनि आउट भए । लगत्तै शरद भेष्वाकरपनि आउट भए । त्यसको केही समयपछि रोहित पौडेलपनि आउट भए । त्यसपछि विनोद भण्डारी, करन केसी, सोमपाल कामी र सन्दिप लामिछाने र दिेपेन्द्रसिंह ऐरी आउट भए ।
सन्दिप लामिछाने र करन केसी शुन्य रनमा नै आउँट हुँदा नेपाललाई ठूलो क्षति भयो । लगातार सबै विकेट गुमाएर नेपाल मात्र १५ ओभरमा मात्र समेटिएसँगै मात्र १०९ रन जोडेर विदा भयो ।
यता इन्डियन एसोसिएसन ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले टिमोथी डेभिसको अर्धशतक मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १९१ रन बनाएको हो। डेविलसले सर्वाधिक ७७ रन बनाए। उनले ४३ बल खेल्दै ८ चौका र ३ छक्का प्रहार गरे। यस्तै ओपनर रोहन रंगराजनले ४९ रन जोडे। अर्धशतकबाट १ रनले चुकेका उनले ३३ बल खेल्दै ३ चौका ४ छक्का प्रहार गरे।
यस्तै मनप्रित सिंहले २७ बल खेल्दै ३ चौका र २ छक्काको मद्दतमा ४२ रन जोडे। नेपालको लागि अभिनाश बोहराले ४ विकेट लिए। उनले ४ ओभरमा ३४ रन खर्चे। यस्तै करणले ३ ओभरमा २६ रन खर्चेर २ विकेट लिए। नेपालको क्राइसिस म्यानु उपनामले चिनिने स्पिनर वसन्त रेग्मी सिंगापुरविरुद्ध भने निकै महाङ्गा सावित भए। उनले आफ्नो ४ ओभर स्पेलमा ५४ रन खर्चेर विकेट लिन सकेनन्। टी २० अन्तर्राष्ट्रियमा नेपाली बलरको यो अहिलेसम्मकै खराब प्रदर्शन हो।