डर्टमन्डसँग अंक दुरी घटाउँदै बार्यन

In खेलकुद
५ पुष २०७५, बिहीबार ११:०९

एजेन्सी – साविकको विजेता बायर्न म्युनिखले जर्मन बुन्डेसलिगाको शीर्ष स्थानमा रहेको बोरुसिया डर्टमन्डसँगको अंक दुरी घटाउँदै लगेको छ ।

घरेलु मैदानमा बुधबार राति भएको खेलमा बायर्नले आरबी लेपिजिङलाई १–० गोलले हरायो । बायर्नको कठिन जितमा फ्रान्क रिवेरीले ८३औं मिनेटमा निर्णायक गोल गरेका थिए । प्रतिस्पर्धातमक खेलमा बायर्नलाई लेपिजिङले खेलको अन्तिमसम्म बलियो टक्कर दिएको थियो ।

खेलको अन्तिममा दुबै टोली १० खेलाडीमा समेभिएका थिए । जितसँगै बायर्नले १६ खेलबाट ३३ अंक बनाएको छ । बायर्नले शीर्ष टोली डर्टमन्डसँगको अंक दुरी ६ अंकले घटाएको छ । डर्टमन्डको समान खेलबाट ३९ अंक पुगेको छ ।

दोस्रो स्थानमा रहेको बोरुसिया मोन्चेग्लाडवाचको पनि ३३ अंक छ । मोन्चेग्लाडवाचले गोलअन्तरका आधारमा दोस्रो स्थान कब्जा गरेको हो । बायर्नसँग पराजित लेपिजिङ २८ अंक सहित तालिकाको चौथो स्थानमा छ ।