यो वर्ष ईपीएलमा ‘गोरी’ को ग्ल्यामरस डान्स हेर्न पाइने

In खेलकुद
२० मंसिर २०७५, बिहीबार १२:१६

काठमाडौं । हुन त क्रिकेट जेन्टलमेन गेम हो । यो भलाद्मीले खेल्ने र भलाद्मीले हेर्ने खेल भनिन्छ । तर, यो उति बेलाको कुरा भो । अहिले फटाफट क्रिकेटको युग हो । क्रिकेट अब भलाद्मी खेल रहेन । ग्लामरस, र एग्रेशसन तथा व्यवसायीकताले क्रिकेटलाई दिनदिनै चर्चित बनाई रहेको छ ।
नेपाल क्रिकेटमा उदयीमान राष्ट्र हो । यहाँ पनि क्रिकेटको यो पछिल्लो स्वरुप देख्न पाउने अवस्था आएको छ । निजी क्षेत्रको लगानीमा धनगढी प्रिमिर लीगले लीग खेलको शुरुआत गरेपछि एभरेष्ट्र प्रिमिर लीग(ईपीएल) र पोखरा प्रिमियर लीग (पीपीएल) धुमधामका साथ सम्पन्न भए ।
यी खेलमा विदेशी खेलाडीको जलवा देख्न पाइएको थियो । तर, ईपीएलले तेस्रो संस्करमा लीग क्रिकेटमा ग्ल्यामरस पनि भित्र्याउन लागेको छ । अन्तर्राष्ट्रिय जगतमा टी ट्वान्टी प्रारुपको खेलमा चियर लिडर्सको डान्स हेरिरहेका नेपाली दर्शकले अब नेपालकै मैदानमा ‘गोरी’को डान्स हेर्न पाउने भएका छन् । आगामी शनिबार शुरु हुने ईपीएलका लागि बेलायतको लण्डनबाट गोरी चियर लिडर्स ल्याईएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै प्रतियोगितामा सहभागि हुने ६ चियर लिडर्सलाई सार्वजनीक गरियो ।
घरेलु क्रिकेटको सर्वाधिक सफल प्रतियोगिता ईपीएलमा ६ चियर लिडर्सले खेलाडी र आम दर्शकलाई मनोरञ्जन दिनेछन् । आयोजकका अनुसार ६ जना चियर्स लिडर्सलाई दुई टिममा बाँडिने छ । प्रत्येक टिमका लागि तीन जना चियर्स लिडर्स रहनेछन् ।
मैदानमा रहने टिमले लिने रन र विकेटमा चियर्स लिडर्सले रोमाञ्चकता थप्नेछन् । नेपाली क्रिकेट कप्तान पारस खड्काले पहिलो पटक नेपाली क्रिकेटमा गरिएको प्रयोगले प्रतियोगिता मात्र नभएर समग्र नेपाली क्रिकेटको विकास र वृद्विमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।