काठमाडौं : एसीसी यु-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ। थाइल्याण्डको ट्रेडथाइ क्रिकेट मैदान बैंककमा आइतबार सिंगापुरलाई ७१ रनले पराजित गर्दै नेपालले लगातार दोस्रोपटक उपाधि उचालेको हो। १८४ रनको विजयी लक्ष्य पछ्याएको सिंगापुपर ३१ ओभर ५ बलमा ११२ रन जोड्दा अलआउट भयो। उसका लागि साइ हर्ष भेनुगोपालले सर्वाधिक ३१ रनको योगदान गरे। सिंगापुरलाई लक्ष्य भेट्न नदिने क्रममा सूर्य तामाङ र अजयकुमार लोनियाले ३/३ तथा नारायण जोशी र कुशल मल्लले १/१ विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ६ विकेट गुमाएर १८३ रन जोडेको थियो। नेपालको पारीमा कप्तान विशालविक्रम केसीले सर्वाधिक ६३ र नारायण जोशीले अविजित ४६ रनको योगदान गरेका थिए।
Read more at: http://thahakhabar.com/news/28370
Read more at: http://thahakhabar.com/news/28370