‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदै…

In खेलकुद
३ पुष २०७८, शनिबार ११:२३

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् । दुई वटा खेल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा र एउटा खेल पोखरामा हुनेछ ।
दशरथ रङ्गशालामा हुने पहिलो खेलमा दिउँसो एक बजे च्यासल युथ क्लब र जावलाखेल युथ क्लब खेल्दैछन् । च्यासल ४ खेलमा ४ अङ्कका साथ दशौँ स्थानमा छ । समान खेलमा जावलाखेल एक अङ्कसहित १३औँ स्थानमा छ । दशरथ रङ्गशालामा हुने अर्को खेलमा थ्री स्टार क्लब र न्युरोड टिम एनआरटी बेलुका पौने पाँच बजे खेल्दैछन् ।
एनआरटी चार खेलमा पाँच अङ्कका साथ सातौँ र समान अङ्क रहेको थ्री स्टार आठौँ स्थानमा छ ।त्यस्तै पोखरा रङ्गशालामा मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लब दिउँसो २ बजे खेल्दैछन् । सहिद स्मारक ‘ए’ डिभिजन लिगको इतिहासमा पहिलो पटक काठमाण्डाै उपत्यका बाहिर खेल हुन लागेको हो ।