334 views 0 secs 0 comments

माइनससम्म पुग्दै न्यूनतम तापक्रम…

In देश
३ पुष २०७८, शनिबार १०:५८

काठमाण्डौको न्यूनतम तापक्रम घटेको छ । हिजो ३ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएकोमा आज न्यूनतम तापक्रम ३ दशमलव ३ डिग्री सेल्सियसमा झरेको छ ।
न्यूनतम तामक्रम घट्दो क्रममा रहेको र चिसो अझै बढ्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताउनु भयो । उहाँका अनुसार आज काठमाण्डौको अधिकतम तापक्रम भने १७ देखि १९ डिग्री सेल्सियस पुग्ने अनुमान छ । काठमाण्डौसहित देशका धेरै ठाउँमा लगातार चिसो बढ्दै गएको छ ।
अहिले देशका धेरै ठाउँको मौसम धुम्मिएको छ । तर दिउँसो भने काठमाण्डौसहित धेरै ठाउँमा घाम लाग्ने सम्भावना छ । पहाडी र हिमाली क्षेत्रको मौसम आज आंशिकदेखि सामान्य बद्ली हुने र उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपातको सम्भावना छ ।